तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँड आज, २३ लाख बढीको हात खाली

२५ भाद्र २०७८, शुक्रबार ०९:५६

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ आज बाँडफाँड आज हुँदैछ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो ।
कम्पनीले जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

अन्तिम दिनसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । कम्पनीको शेयरमा २३ लाख २१ हजार ९ सय ४८ जनाको भने हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*