थप १२७१ जनामा कोरोना संक्रमण पुुष्टि, १४ जनाको मूत्यु

२४ भाद्र २०७८, बिहीबार १७:०५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २७१ जनामा कोरोना संक्रमण्ण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षण गर्दा १ हजार ५८ जनामा र ३ हजार ४६ एन्टिजेन परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मूत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १ हजार ८४५ जना रहेको छ ।
हालसम्म कोरोना संक्रमण कारण ज्यान गुमाउनेको संख्या १० हजार ९०३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*