एक्सल डेभलपमेन्ट बैंकद्धारा संस्थापक तथा सर्वसाधारण शेयरधनीलाई रकम जम्मा गर्न अनुरोध

२४ भाद्र २०७८, बिहीबार १६:३१

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले बैंकका संचालक र संस्थापक तथा सर्वसाधारण शेयरधनीलाई रकम जम्मा गर्न अनुरोध गरेको छ । बैंकले चुक्ता पूँजीको १ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीलाई हक हिस्सा गर्न आउने हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

बैंकका संचालक तथा संस्थापक वा सर्वसाधारण शेयरधनीहरुले उक्त रकम बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग शाखा, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक र सनराइज बैंक र झापा जिल्लाको विर्तामोडमा खोलिएको शाखाको खाता नम्बरमा असोज ४ गतेसम्म जम्मा गर्न सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र रकम जम्मा नगर्नेलाई हकप्रद शेयरको रकम दाबी गर्न नपाउने जनाएको छ ।

त्यस्तै, बैंकले असार १४ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट १०ः३ को अनुपातमा हकप्रद निष्काशनको एजेन्डा अनुमोदन गरेको थियो । बैकले २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद जारीका लागि असोज १ गते बुकक्लोज गर्ने हुँदा बुकक्लोजको अघिल्लो दिन भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

बैंकले अघिल्लो आर्थिक बर्षबाट चुक्ता पूजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल शेयर खरिद गर्नेले हकप्रद र बोनस दुबै पाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*