मुक्तिनाथ क्यापिटलद्धारा १८ प्रतिशत नगद लाभाशं घोषणा

२४ भाद्र २०७८, बिहीबार १६:२१

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । क्यापिटलले कर सहित चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्न घोषणा गरेको हो ।

क्यापिटलको भदौ ९ गते बसेको संचालक समितिको बैंठकले असोज १ गते काठमाडौ होटल क्राउन इम्पेरीयलमा अपरान्ह ४ बजे हुने १२ औं वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव अनुुमोदन गरिने जनाएको छ ।

यसका साथै उक्त साधारण सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन प्रस्तुत र आगामी आवको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*