दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२४ भाद्र २०७८, बिहीबार १५:२७

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता किनबेच भएको छ । बिहिबार नेप्से सामान्य अकंले घट्दा ७ अर्ब माथिको कारोबार भएको हो ।

आज कारोबार घट्दा समेत हिमालयन पावर र्पाटनरको शेयरमा सकात्मक सर्किट र सानिमा लाईफ इन्स्योरेन्सको सर्किट लेभलमा कारोबार भएको छ । साथै रैराङ हाईड्रोपावरको ९.२२ प्रतिशत अकं, ग्रिन लाईफ हाईड्रोपावरको ८ प्रतिशत अकं र माउन्टेन हाईड्रोको ७.४१ प्रतिशत अकंले वृद्धि भएको हो ।

आज गुमाउने कम्पनीहरुमा रिडि हाईड्रोपावरको ५.२६ प्रतिशत अकं, सिटिजन म्युचुअल फण्डको ५.१३ प्रतिशत अकं, आईसीएफसी फाइनान्सको ४.०२ प्रतिशत अकं, सपोर्ट माईक्रोफाइनान्सको २.९४ प्रतिशत अकं र यूनिलिभर नेपालको २.८४ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*