आज सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हाइड्रोपावर, कसको कारोबार कति ?

२४ भाद्र २०७८, बिहीबार १५:२०

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर किनबेच हँुदा ७ अर्ब ५० करोड ७७ लाख ७० रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक सामान्य अंकले घटेपनि शेयर बजारमा निराशा कायमै रहेको छ । तर हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिएको छ । सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हाइड्रोपावर कम्पनीहरु नै अघि रहेका छन् ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा रिडि हाइड्रोपावर रहेको छ । कम्पनीको ४९ करोड ३९ लाख ४९ हजार २२३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४८ करोड ८५ लाख, रैराङ हाइड्रोपावरको ३३ करोड ६५ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ३१ करोड २४ लाख र हिमालयन पावर लिमिटेडको १९ करोड ५० लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*