शेयर बजारमा निराशा कायमै, सामान्य अंकले घट्यो नेप्से

२४ भाद्र २०७८, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घटेको छ । दैनिकी रुपमा शेयर कारोबार खुम्चिदा लगानीकर्तामा निराशपन छाएको छ ।

आज नेप्से परिसूचक ०.६२ अंकले घटेर २८७५.९८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर किनबेच हँुदा ७ अर्ब ५० करोड ७७ लाख ७० रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ४ समूहमा हरियाली छाएको छ । प्रतिशत र रकमका आधारमा आज सर्वाधिक हाइड्रोपावर समूहमा १.९१ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा रिडि हाइड्रोपावर रहेको छ । कम्पनीको ४९ करोड ३९ लाख भन्दा माथिको कारोबार भएको हो । साथै हिमालयन हाइड्रो पार्टनरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको सर्किट लेभलमा कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*