नेप्सेमा माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत
२४ भाद्र २०७८, बिहीबार १४:५४
काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । बैंकको ‘८.५०% माछापुच्छ्रे डिबेन्चर/ऋणपत्र २०८७’ नामक ऋणपत्र आज सूचिकृत भएको हो ।
कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र सूचिकृत भएको हो । सूचिकृतपश्चात आइतबारदेखि नै लगानीकर्ताले सो ऋणपत्र खरिदबिक्री गर्न पाउनेछन् ।