मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड

२४ भाद्र २०७८, बिहीबार १३:३७

काठमाडौं । मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड भएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड योजना व्यवस्थापक रहि संचालित मेगा म्युचुअल फण्ड–१ ले भदौ ४ गतेदेखि भदौ १० गतेसम्म इकाई बिक्री गरेको थियो ।

क्यापिटलले भदौ २३ गते १२ करोड ५० लाख इकाई बाँडफाँड गरेको हो । क्यापिटलका अुनसार सो इकाईमा मागभन्दा बढी आवेदन परेकाले योजनाका आकारमा २५ प्रतिशत इकाई थप गरी बाँडफाँड गरिएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । फण्डको कुल इकाई मध्येबाट १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिएको थियो ।

क्यापिटलले १० वर्षे अवधिको रहेको यस बन्दमुखी योजना १ अर्ब २५ करोड रुपैयाँको इकाई बिक्री गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*