ओरियन्टल होटलको २४ औं वार्षिक साधारण सभा असोज १९ गते, के–के छन् एजेण्डा ?

२४ भाद्र २०७८, बिहीबार १३:१२

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा २४ औं वार्षिक साधारण सभा असोज १९ गते गर्ने निर्णय गरेको हो ।

सभा होटेलको रजिष्टार्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माधयमबाट हुने छ ।

गत आर्थिक वर्षमा होटलले कोरोना महामारीका कारण नोक्सानी बेहोरेकोमा सभामा गत आवबाट कुनैपनि लाभांश प्रस्ताव गरिएको छैन ।
सभाले संचालक समितको २४ औं वार्षिक प्रतिवेदन उपर छलफल पारित गर्ने, आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, संस्थापक शेयरधनीको तर्फबाट ४, सर्वसाधारण शेयरधनीको तर्फबाट २ र १ स्वतन्त्र गरी कुल ७ जना संचालक नियुक्त गर्ने एजेण्डा रहेको छ ।

साथै साधारण सभा प्रयोजनार्थ होटलले असाजे ४ गतेदेखि १९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअुनसार असोस १८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र सभामा सहभागी हुन पाउनेछन् ।

कम्पनीले विगत २ वर्षयता आम्दानी ठप्प हुँदा लाभांश वितरण गर्न सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*