युनिक नेपाल लघुवित्तले बोलायो विशेष साधारण सभा, एफपीओ प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा

२४ भाद्र २०७८, बिहीबार १२:३४

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले दोस्रो विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न असोज ८ गते साधारण सभा डाकेको हो ।

कम्पनीको भदौ १९ गते बसेको संचालक समितिको बैठकले सभा बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो ।

सभाले युनिक नेपाल र घोडाघोडी लघुवित्त आपसमा मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्नेछ । साथै सभाले एफपीओ निष्काशन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, भविष्यमा अन्य कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति हुने प्रयोजनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*