समृद्धि फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२४ भाद्र २०७८, बिहीबार १२:२२

काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले काठमाडौंका लागि चिफ रिस्क अफिसर (असिस्टेन्ट म्यानेजर) र अकाउन्ट अफिर एक–एक जना कर्मचारी माग गरेको हो । साथै काठमाडौं, हेटौंडा, पोखरा, बुटवल र चितवनका लागि असिस्टेन्ट/रिलेसनसिप म्यानेजर केही संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले चिफ रिस्क अफिसर र अकाउन्ट अफिसरलाई स्नातक तह उत्तीर्ण हुनुपर्ने जनाएको छ । साथै रिलेसनसिप म्यानेजरको लागि शैक्षिक योग्यता न्यूनतम प्लस टु उत्तीर्ण हुनुपर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात कम्पनीको इमेलमा पठाएर दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*