एनआईबीएल एस क्यापिटलेको नवौं वार्षिक साधारण सभा असोज २५ गते, २६ प्रतिशत नगद लाभांश वितरण गर्ने

२४ भाद्र २०७८, बिहीबार ११:१६

काठमाडौं । एनआईबीएल एस क्यापिटलले ९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असोज २५ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको भदौ २३ गते बसेको संचलक समितिको बैठकको निर्णयअनुसार सभा कम्पनीको सभाहल लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले शेयरधनीहरुलाई कुल चुक्तापूँजीको २६ प्रतिशत हिस्सा नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७७।०७८ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमितक निर्धारण गर्ने एजेण्डा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*