नेप्सेमा सिटिजन्स म्युचुअल फण्ड १ र २ को इकाई मूल्य समायोजन

२४ भाद्र २०७८, बिहीबार १०:४६

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । आज सिजिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ को मूल्य सामायोजन भएको हो ।

यी दुई फण्डले ४० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज यी दुइ फण्डको मूल्य सामायोजन भएको हो ।

अघिल्लो दिन कायम सिटिजन्स म्युचुअल फण्ड–१ को १५ रुपैयाँ २० पैसाका आधारमा नेप्सेले लाभांश वितरण पछिको ११ रुपैयाँ २० पैसा कायम गरेको छ । त्यस्तै सिटिजन्स म्युचुअल फण्ड–२ को अघिल्लो दिन कायम १५ रुपैयाँ ४९ पैसाका आधारमा लाभांश वितरण पछिको ११ रुपैयाँ ४९ पैसा नेप्सेले कायम गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*