सानिमा लाइफको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२३ भाद्र २०७८, बुधबार १५:३३

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर बिनबेच भएको छ । नेप्से आज ६०.०२ अकंले घट्दा कारोबार साढे ६ अर्ब माथि भएको छ ।

आज कारोबार घटेपनि सानिमा लाईफ इन्स्योरेन्सको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । साथैै, एक्सल डेभलपमेन्ट बैंकको ८.६० प्रतिशत अकं, रैराङ हाईड्रोपावरको ८.३३ प्रतिशत अकं, यूनिर्भसल पावरको ७.६४ प्रतिशत अकं र स्वरोजगार लघुवित्तको ६.९८ प्रतिशत अकंले वृद्धि भएको हो ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा लाईफ इन्स्योरेन्सको ६.०६ प्रतिशत अकं, गुुडविल फाइनान्सको ५.४७ प्रतिशत अकं, एनएईबिएल समृद्धिको ५.३३ प्रतिशत अकं र सिभिल लघुवित्तको ५.२९ प्रतिशत अकंले घटेको होे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*