लगातार घटेर २८७६ मा झर्यो नेप्से, ६० अंकको गिरावट

२३ भाद्र २०७८, बुधबार १५:२५

काठमाडौं । साता कारोबारको चौथो दिन पनि नेप्से घटेको छ । नेप्से परिसूचक आज ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२६ रुपैयाँको कारोबार भएको छ ।

राष्ट्र बैंकले ठूला लगानीकर्तालाई बजारबाट पलायन गराउने गरी मौद्रिक नीति जारी गरे पछि घट्न थालेको सेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ ।

सीमित व्यक्तिले बैंकबाट मार्जिक कर्जा लिने र सेयर किन्ने गरेको भन्दै केन्द्रीय बैंकले मार्जिक कर्जामा सीमा लगाए पछि त्यसको असर बजारमा परेको हो । ठूला लगानीकर्ता शेयर बजार वृद्धिका लागि मेरुदण्ड हुन् । त्यही मेरुदण्डमाथि केन्द्रीय बैंकले नीतिगत डण्डा चलाएपछि उनीहरु अझै बजारमा फर्किएका छैनन् ।

बुधबार नेप्से समूहमा रहेका १३ उपसूचक नै राताम्य छन् । सर्वाधिक प्रतिशतका आधारमा फाइनान्स समूह र अन्य समूहको घटेको छ भने शेयरमूल्यका आधारमा सर्वाधिक निर्जीबन बीमा समूहको घटेको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ भने सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*