सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित दुई योजनाको बुक क्लोजको मिति तय

२३ भाद्र २०७८, बुधबार १३:१९

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको लाभांश प्रयोजनका लाागि बुक क्लोजको मिति तय भएको छ । कम्पनीको संचालक समितिको भदौ १५ गते बसको बैठकले बुक क्लोजको मिति तय गरेको हो ।

सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रही सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश प्रयोजनका लागि इकाईधनी दर्ता पुस्तिका (बुकक्लोज) को मिति तय गरेको हो ।

दुई योजनाहरुले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट इकाईधनीहरुलाई लाभांश प्रयोजनका लागि ३३ प्रतिशत (कर सहित) र ४ प्रतिशत (कर सहित) वितरण गर्ने प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।

जसअनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त लाभांश प्राप्त गर्न योग्य ठहरिनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*