सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२३ भाद्र २०७८, बुधबार १३:०२

काठमाडौं । दुई म्युचअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिविर्आएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालित सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचअल फण्ड–२ को लाभांश सुरक्षित आजसम्म गर्न सकिनेछ ।

दुवै योजनाको प्रतिफल प्राप्त गर्नका लागि भदौ २४ गते एक दिन बुक क्लोजन गर्ने भएकाले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरु मात्र उक्त योजनाका लाभांश प्राप्त गर्न योग्य मानिनेछन् ।

उक्त दुई फण्डले गत आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट एउटै अनुपातमा करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*