एक्सेल डेभलपमेण्ट बैंकको १५ औं वार्षिक साधारण सभाको मिति तय, १२.६३ प्रतिशत लाभांश वितरण मुख्य एजेण्डा

२३ भाद्र २०७८, बुधबार १२:१४

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असाजे १६ गते गते १५ औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको भदौ २२ गते साँझ बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष सम्मको वितरणयोग्य मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

साथै अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने प्रयोजनको लागि १४औं वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिई मर्जर तथा प्राप्ति प्रयोजनमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने कार्यक्रम तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार भदौ ३१ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*