थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मूल्यु

२२ भाद्र २०७८, मंगलवार १७:११

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जनामा र ३ हजार ९२३ जनामा एन्टिजेन परीक्षण गर्दा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मङलबार एकै दिन देशभरमा २१ जना कोरोना संक्रमितको मूत्यु भएको छ भने सोही अवधिमा २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*