ज्योती विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२२ भाद्र २०७८, मंगलवार १५:५३

काठमाडौं । ज्योती विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ ब्यवसाय सम्मानित ब्यवसायी नामक अन्तरक्रिया कार्यक्रम भदौ २१ गते एक दिन संचालन गरेको थियो ।

सो कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हितले विभिन्न बैंकिङ सेवाहरु तथा डिजिटल बैंकिङ सम्बन्धी छलफल भएको हो । बैंक र महासंघबीच असार २० गते बिना धितो सहुलियतपूर्ण कर्जा र आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकास, प्रोफेसनल लोन उपलब्ध र डिजिटल बैंकिङ सेवा सम्बन्धी सम्झौता भएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा बैंकका इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रमेश्वर शाक्य लगायत प्रदेश १ का शाखा प्रबन्धक र संघका तर्फबाट अध्यक्ष टेक बहादुर यङदेन, नेपाल सुनचादी रत्न तथा आभूषण महासंघ १ नम्बर प्रदेश संयोजक तथा संघका संस्थापक अध्यक्ष विशन शाक्य लगायत विभिन्न ब्यवसायी तथा उद्यमशील ब्यवसायीको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*