आज फेरि घट्यो नेप्से, ७ अर्ब ४९ अर्बको शेयर कारोबार

२२ भाद्र २०७८, मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो दिन नेप्से ४४ अंकले घटेर २९३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारारबो भएको छ। साताको पहिलो दिनमा उच्च गिरावट आएको नेप्सेमा सोमबार हरीयली छाँउदौ आज पुन :ओरालो लागेको छ ।

सानिमा लाइफको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको छ। कम्पनीको आजको अन्तिम शेयर मूल्य हिजोको तुलनामा ४१ रुपैयाँले बढेर ४५२ रुपैयाँमा कायम भएको छ।

आज हाईड्रो्पावरको शेयरको सर्वाधिक कारोबार भएको छ। युनाईटड मोदी हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ६१ करोड माथिको शेयर कारोबार भर्एको छ।त्यस्तै. अरुण भ्याली हाइड्रोपावरको ३८ करोड ४२ लाख, अपि पावर कम्पनीको १९ करोड १२ लाख, ज्योती विकास बैंकको १७ करोड ५७ लाख र रिडि हाइड्रोपावरको १६ करोड ४ लाख भन्दा माथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*