युनाइटेड मोदी हाइड्रोपावर सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२२ भाद्र २०७८, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच हुुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से ४४ अंकले घटेपनि हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन ६१ करोड ९२ लाख ९१ हजार ६९२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावरको ३८ करोड ४२ लाख, अपि पावर कम्पनीको १९ करोड १२ लाख, ज्योती विकास बैंकको १७ करोड ५७ लाख र रिडि हाइड्रोपावरको १६ करोड ४ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*