युनिलिभर नेपालद्धारा प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश घोषणा

२२ भाद्र २०७८, मंगलवार ११:१५

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

भदौ १६ गते सोमबार बसेको संचालक समितिको बैठकले प्रतिकित्ता शेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले नगद लाभांश वितरणका लागि आगामी असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज २४ गतेसमम कायम शेयरधनीहरु मात्र उक्त नगद लाभांश पाउनका लागि योग्य मानिने कम्पनीले जनाएको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ । कम्पनीले साधारण सभाबाट पारित भएको ४५ दिनभित्र शेयरधनीहरुलाई नगद लाभांश वितरण गरिने जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*