रिलायन्स लाइफको संचालक परिवर्तन

२२ भाद्र २०७८, मंगलवार १०:५५

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको संचालकको रुपमा अर्जुन भक्त खनाल नियुक्त भएका छन् । कम्पनीको लगानीकर्ता सिद्धार्थ बैंकको तर्फबाट संचालक रहेका सुन्दर प्रसाद कंडेललाई बैंकले फिर्ता बोलाई खनाललाई संचालकको रुपमा पठाउने निर्णय गरेको थियो ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ संचालको रुपमा खनाललाई कायम गरिएको जनाएको छ । बैंकको भदौ २० गते संचालक समितिको बैठकको निर्णय बमोजिम भदौ २१ गते लागू हुने गरी खनाललाई इन्स्योरेन्स कम्पनीको संचालकको हैसियतमा प्रतिनिधित्व गर्नका लागि नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*