प्रथम बीमा शुल्कमा प्रभु लाइफको छलाङ्, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफको उल्लेख्य प्रगति

२२ भाद्र २०७८, मंगलवार १०:३८

काठमाडौं । चालु आवको पहिलो महिनामा प्रथम बीमा शुल्क आम्दानीका आधारमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ मार्न सफल भएको छ । सो कम्पनीले नेपालकै दोस्रो ठुलो कम्पनी एलआईसिएनलाई उछिन्दै तेस्रो स्थानमा पुग्न सफल भएको छ । चालु आवको पहिलो महिनामा नेपालकै दोस्रो ठूलो कम्पनी एलआईसिएन १३ औं नम्वरमा पुगेको छ । प्रभु लाइफसँगै नयाँ जीवन बीमा कम्पनीहरु रिलायबल नेपाल लाइफ र सिटिजन लाईफले समेत उल्लेख्य प्रगति गरेका छन् ।

बीमा समितिको  तथ्याङ्कमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी २३ करोड प्रथम बीमा शुल्क संकलन गरेर तेस्रो भएको हो । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साउन महिनामा नयाँ कम्पनी मध्येको सबैभन्दा अगाडि रहेको युनियन लाइफलाई समेत जित्न सफल भएको छ ।

प्रथम बीमा शुल्कको आधारमा नेपाल लाईफ उत्कृष्ट हुँदै ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने दोस्रो स्थानमा २५ करोडसहित नेशनल लाइफ रहेको छ । त्यसैगरी, चौथो स्थानमा १९ करोड सहित युनियन लाइफ र पाँचौ स्थानमा सिटिजन लाइफले १८ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

बीमाको दीर्घकालिन विकास लक्ष्य पछ्याउँदै अघि बढेको रिलायबल लाइफले १८ करोड सहित छैटौं स्थानमा छ । त्यसैगरी, आईएमई लाइफ सातौ स्थानमा, रहेको छ भने पुरानो कम्पनी एशियन लाइफ १३ करोडसहित आठौं स्थानमा छ । नवौं स्थानमा मेट लाइफ, १० औं स्थानमा सूर्या लाइफ रहेको छ ।

यसअघि सधैं पछाडि रहने महालक्ष्मी लाइफले पनि प्रगति गर्दै आफ्नो स्थान सुधार्न सफल भएको छ । सो कम्पनी १५ औं नम्वरमा रहेर साउन महिनामा छ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*