राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको शपथ

२१ भाद्र २०७८, सोमबार २१:१६

काठमाडौं ।कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई शपथ गराएका हुन् ।  शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिनुभयो । ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उहाँले भन्नुभयो, ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’
यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ सेवा निवृत्त हुनुभएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*