मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल

२१ भाद्र २०७८, सोमबार १७:३६

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले २४ करोड बराबरको २४ लाख कित्तँ आइपीओ निष्काशन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम २४ करोड रुपैयाँ बराबरको जम्मा २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन तथा बिक्री गर्ने भएको हो । जसमा कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि विक्री प्रबन्धकमा बिओके क्यापिटललाई आइतबार नियुक्त गरेको हो ।

दुईपक्षबीच भएको सम्झौतामा हाइड्रोपावर कम्पनीका तर्फबाट संचालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र क्यापिटलका तर्फबाट प्रमुख कार्यबारी अधिकृत कुन्दन शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले बोर्डबाट स्वीकृती पाएपछि सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*