पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मूत्युु

२१ भाद्र २०७८, सोमबार १७:१८

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६०९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जनामा र ४ हजार ३७० जनामा एन्टिजेन परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मूत्यु भएको छ भने एकैे दिन निको भएर घर फर्किनेको संख्या १ हजार ७४३ पुगेको छ । हाल देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*