नेप्सेमा उछाल , १६२ अंकले बढ्यो नेप्से परिसूचक

२१ भाद्र २०७८, सोमबार १५:४८

काठमाडौं । आईतबार भारी अंकले घटेको शेयर बजारमा सोमबार हरियाली छाएको छ । आज सबैजसो कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.५० अंकमा कायम भएको छ।

अर्थमन्त्रीको सक्रियाताको सकारात्मक असर सोमबारको कारोबारमा देखिएको छ । आज शेयर कारोबारमा १ करोड ७८ हजार ६८ लाख १६६ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज २ सय ११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । उपसमूहतर्फ विकास बैंक ९.८१ प्रतिशत, फाइनान्स ९.०६ प्रतिशत, जलविद्युत् ८.७५ प्रतिशत, होटल तथा पर्यटन ६.३६ प्रतिशत, लगानी समूह ६.६७ प्रतिशत, जीवन बीमातर्फ ५.०३ प्रतिशतले वृद्धि देखिएको छ । आज ५० भन्दा बढी कम्पनीको सशेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*