आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२१ भाद्र २०७८, सोमबार १५:०७

काठमाडौं । साताको सोमबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच हुुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचकमा करेक्सन आउँदा आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ४६ करोड ३० लाख ९१ हजार ४५६ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख, अपर तामाकोशीको २४ करोड ९२ लाख, नेशनल हाइड्रोपावरको १९ करोड ९९ लाख र आइसिएफसि फाइनान्सको १९ करोड ८७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*