नेप्सेमा दुई कम्पनीको ऋणपत्र सूचिकृत

२१ भाद्र २०७८, सोमबार १४:१२

काठमाडौं । नेप्सेमा दुई कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । सांग्रिला बैंक र प्राइम बैंकको ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो ।
‘सांग्रिला बैंक डभेलपमेन्ट बैंक डिबेन्चर २०८७’ र ‘ ८.७५% प्राइम ऋणपत्र २०८५’ आज सूचिकृत भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले ९ प्रतिशत ब्याजदर भएको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत गराएको हो भने प्राइम बैंकले ८.७५ प्रतिशत ब्याजदर रहेको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र सूचिकृत गराएको हो ।

उक्त ऋणपत्र सूचिकृत पश्चात भोलिदेखि नै पूँजीबजारमा कारोबार भई लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*