नन् ट्यारिफ बीमाको न्यूनतम् दररेट तोक्नेबारे बीमा समिति र नेपाल बीमक संघबीच छलफल
काठमाडौं । बीमा समिति र नेपाल बीमक संघ बीच नन् ट्यारिफ बीमाको न्यूनतम् दर रेट टोक्ने विषयमा छलफल भएको छ । हिजो बीमक संघमा आबद्ध सबै बीमा कम्पनीका सिइओ तथा बीमा समितिका उच्च अधिकारीबीच भएको छलफलमा नन् ट्यारिफ बीमा व्यवसायका लागि न्यूनतम् दर रेट तोक्ने विषयमा लगभग सहमति भएको एक बीमा कम्पनीका सिईओले बीमापोष्टलाई जानकारी दिए ।
हिजो भएको छलफलमा यसअघिको ट्यारिफ कायमै राख्दै नन् ट्यारिफ बीमा व्यवसाय थप गर्न लागिएको बीमा समितिले जनाएको छ ।
समिति स्रोतका अनुसार कतिपय नयाँ ट्यारिफ तथा दररेट नतोकिएको बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन यस्तो नियम लागू गर्न लागिएको हो । ट्यारिफ तोक्ने सम्बन्धमा नेपालमा सञ्चालित सबै निर्जिवन बीमा कम्पनीका बीचमा सहमति भइसकेको छ । बीमक संघमा सहमति गरेर बीमा समितिसँग हिजो बैठक बसेको जनाइएको छ ।
बीमा समितिले न्न ट्यारिफ बीमा क्षेत्रको समस्या समाधान गर्न नेपाल बीमक संघले नेशनल इन्स्योरेन्सका शाखा प्रमुख अरुण कौसलको नेतृत्वमा प्रुडेन्सियलका बीरकृष्ण श्रेष्ठ र सिद्धार्थका सिईओ बिरेन्द्र वैदवार सदस्य रहेको समिति गठन गरी अध्ययन गरेको थियो । सो समितिले करिब पाँच महिना अघि नै संघमा बुझाएको प्रतिवेदनको आधारमा नन् ट्यारिफ क्षेत्रलाई ट्यारिफमा समावेश गर्न लागेको हो ।