कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच तालिम सम्बन्धी सम्झौता
२१ भाद्र २०७८, सोमबार १३:३२
काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच तालिम संचालन सम्बन्धी सम्झौता भएको छ ।
आइतबार भएको सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।
अब एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई कार्यदक्षता विकास लगायत बैंकिङ सम्बन्धी विभिन्न तालिमहरु प्रदान गर्नेछ ।