नेप्सेमा उछाल, दुई घण्टामा ११७ अंकको उच्च बृद्धि

२१ भाद्र २०७८, सोमबार १३:२५

काठमाडौं । लगानीकर्ताहरु अत्तालिने गरी हिजो १०८ अंकले घटेको नेप्से परिसूचक आज दुई घण्टामा ११७ अंकले बृद्धि भएको छ । पहिरो गएको भोलिपल्ट नेप्सेमा शेयरको मूल्य उच्च अंकले बृद्धि भएको हो ।

आज विहान १०ः४५ बजेको प्रि ओपन सेसनमा सूचक १.९२ अंकले घटेर २८१६.९३ को बिन्दुमा पुगेको शेयर बजारमा पुन उकालो लागेर ११२ बिन्दुले बढेर २९२७ पुगेको छ । यही गतिमा बजार बढ्दै गएमा नेप्सेमा पोजेटिभ सर्किट लाग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गरेपछि दवाव थेग्न नसकेर बजार घटेको आरोप लगानीकर्ताहरुले लगाइरहेको बेला शेयर बजार उच्च अंकले बृद्धि भएको छ ।

राष्ट्र एकीकृत निर्देशिका जारी पछि निरन्तर घटेको बजारमा आईतबार त एकै दिन १०८ अंकको पहिरो नै गएको थियो । राष्ट्र बैंकले गरेको सेयर कर्जामा कडाईका कारण सेयर बजार नराम्रोसँग प्रभावित भएको भन्दै विभिन्न लगानीकर्ताहरुले अर्थमन्त्रीलाई उक्त निति सच्च्याउन दवाव दिईरहेका छन् भने कतिपय लगानीकर्ताहरु अहिले आन्दोलन गर्न राष्ट्र बैंक घेराउ गर्न पुगेका छन् ।

बीमा पोष्टले यो समाचार तयारपार्दासम्ममा २१५ वटा कम्पनीको ५९ लाख ५८ हजार २ सय ९ कित्ता शेयरको पाँच अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*