एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर मूल्य घटाउँदै पुनः लिलामीमा

२१ भाद्र २०७८, सोमबार १२:२९

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक शेयर यसअघि पनि पटक–पटक बिक्रीमा ल्याउँदा बिक्री नभएपछि लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्न लागेको हो ।

मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता शेयर, आरएमडीसी लघुवित्तको ३ लाख ५ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर लिलामी बढाबढ गरी बिक्रीमा ल्याएको हो ।

मेरो माइक्रोफाइनान्सले न्यूनतम मूल्य ५२९ रुपैयाँ, आरएमडिसि लघुवित्तले ५४१ रुपैयाँ र नागरिक लगानी कोषले १२९४ रुपैयाँ तोकेको छ । उक्त शेयर खरिदका लागि लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले भदौ २१ गतेदेखि भदौ ३१ गते शुक्रबारसम्म उक्त शेयर खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन् । साथै मेरो माइक्रोफाइनान्स र नागरिक लगानीको कोषको शेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडिसि लघुवित्तको संस्थापक शेयरमा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले मेरो माइक्रोफाइनान्स र आरएमडिसि लघुवित्तको हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमल काठमाडौंबाट र नागरिक लगानी कोषको हकमा एनआइसी एशिया बैंक लिमिटेड केन्द्रिय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, विरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*