सुनको मूल्य तोलामा सयले घट्दा चाँदी स्थिर

२१ भाद्र २०७८, सोमबार ११:५०

काठमाडौं । सोमबा नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला ९१ हजार ४ सय र तेजाबी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन आइतबार छापावाला सुनको प्रतितोला ९१ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, आइतबार १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी भने आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*