मेरोमाइक्रोफाइनान्स लघुवित्तको ८४ हजार ८२९ कित्ता संस्थापक शेयर लिलामीमा

२१ भाद्र २०७८, सोमबार ११:३२

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक समूहको ८४ हजार ८२९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२९ तोकेको हुँदा सो मूल्य वा सो भन्दा बढी अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक संस्थापक वा जो कोही ब्यक्ति तथा संघ संस्थाले भदौं ३१ गते भित्र सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंमा पेश गर्न सकिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*