राधी विद्युत कम्पनीद्धारा बोनस शेयर बापतको कर तिर्न अनुरोध, नतिरेसम्म फ्रिज हुने

२१ भाद्र २०७८, सोमबार ११:२६

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले कर नतिरेसम्म बोनस शेयर फ्रिज हुने जनाएको छ । कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेकोमा शेयरधनीले कर नतिरेसम्म फ्रिज हुने जानकारी गराएको हो ।

कम्पनीले आज एक सूचना जारी गर्दै बोनस शेयर वापतको कर जम्मा नगरेसम्म उक्त बोनस शेयर फ्रिज गरिएको जनाएको छ । उक्त शेयर प्राप्त गर्न वा आप्mनो हकवापतको शेयर अनफ्रिज गर्न शेयरधनीले कर तिर्नुपर्न कम्पनीले बतााएको छ ।

कम्पनीले सम्पन्न १५ औं साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर भदौ २ गते नै नेप्सेमा सूचिकृत गराइसकेको छ । सम्बन्धिक शेयरधनीहरुको हितग्राही खातामा कर वापतको रकम बुझाइसकेपछि मात्र बोनस शेयर जम्मा गरिने भएकाले कम्पनीले कर जम्मा गर्न भनेको हो ।

कम्पनीले आफ्नो हितग्राही खाता नम्बर खुलाई कम्पनीको बैंक अफ काठमाण्डूको कमलपोखरीमा रहेको खाता नम्बर ०१०००००६३५१७५२४ मा बोनस शेयर वापतको कर रकम जम्मा गर्न अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*