कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ इन्ष्टिच्यूटले दक्षता अभिबृद्धि गर्ने

२१ भाद्र २०७८, सोमबार ०६:४८

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले दक्षता सम्बन्धी तालिम दिने भएको छ । कामना सेवा विकास बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धि सम्बन्धी तालिम सञ्चालन गर्ने बारेमा दुई संस्थाका बीचमा हिजो सम्झौता भएको छ ।

भदौ २० गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको कामना सेवा विकास बैंकले जनाएको छ । सम्झौताअनुसार नेशनल बैंकिङ इन्ष्टिच्यूटले कामना सेवा विकास बैंकमा कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । तालिमपछि कामना सेवा विकास बैंकका कर्मचारीहरुमा व्यवसायिक दक्षता अभिबृद्धि हुनुका साथै आम सर्वसाधारणले गुणस्तरीय बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरिएको छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*