एनएमबि सरल बचत फण्ड–ईमा आवेदन दिने आज अन्तिम दिन

२१ भाद्र २०७८, सोमबार ०६:३८

काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने आज (भदौ २१ गते) अन्तिम दिन रहेको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्डले भदौ १७ गतेदेखि भदौ २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हो । आज बैंकिङ् अवधिसम्ममा फण्डको इकाईमा आवेदन दिन पाउनेछन् ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको हो ।कुल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्टाइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।

उक्त म्युचुअल फण्डमा लगानीकर्ताले १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एप्स वा वेबसाइटबाट आवेदन दिन सक्नेछन् ।उक्त फण्डमा ८० हजार भन्दा बढी आवेदन दिइसकेका छन् । क्यापिटलका अनुसार यो समाचार तयार पार्दासम्म फण्डमा माग भन्दा १.९० गुणा बढी आवेदन परिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*