नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा भदौ २६ गते, हकप्रद प्रस्ताव मुख्य एजेण्डा

२० भाद्र २०७८, आईतवार १७:५०

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले बार्षिक साधारण सभा भदौ २६ गते शनिबार डाकेको हो ।

साउन २९ गते बसेको संचालक समितिको ३४५ औं बैठकको निर्णयअनुसार कम्पनीको २८ औं वार्षिक साधारण सभा भदौ २६ गते होटल एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौं बिहान ११ बजे हुने भएको हो । साथै वेबिनारमार्फत समेत संचालन गरिने जनाएको छ ।

सभामा कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपश्चात कायम चूक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँबाट बृद्धि गरी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पु¥याउन १ः०.७० (एक कित्ता बराबर ०.७० कित्ता) को अनुपातमा हकप्रद शेयर प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

साथै सभामा कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अघि बढाउनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७।०७८ को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*