कैलालीको गौरीगंगा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न

२० भाद्र २०७८, आईतवार १७:३८

काठमाडौं । बीमा समितिले कैलालीको गौरीगंगा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा जनचेतनाका लागि बीमा समितिले उक्त क्षेत्रका स्थानीय निकाय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

सुदुपश्चिम क्षेत्रमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रमको नेतृत्व गरेका भट्टले आफु जन्मिएको स्थानीय निकाय गौरीगंगा नगरपालिकाबाट कार्यक्रम सुरु गरेका हुन् । यस लग्तै अन्य तीन वटा स्थानीय निकायमा कार्यक्रम आयोजना गर्ने समितिले जनाएको छ ।

उक्त कार्यक्रममा कोरोना बीमा तथा कृषि बीमाको दाबी भुक्तानी पाउन समस्या भएको उल्लेख गरेका थिए । दाबी भुक्तानी नपाउदा कसलाई गुनासो गर्ने माध्यम नपाएको भन्दै यस कार्यक्रमले थप सपष्ट भएको कार्यक्रम उपस्थितहरुले बताएका थिए । कार्यक्रममा बीमा समितिले स्थानीय निकायलाई आफ्नो सेवासँग बीमालाई जाडेर अघि बढ्न आग्रह गरेको थियो ।

कार्यक्रममा गौरीगंगा नगरपालिका मेयर, उपमेयर कार्यपालिकाका सदस्य, वडा अध्यक्ष र सदस्य, उधोग बाणिज्य संघ गौरीगंगा नगरपालिकका अध्ययक्ष, स्थानिय बीमा कम्पनीका शाखा कार्यालय, जीवन बीमा कम्पनीको प्रदेश नं ७ का क्षेत्रीय प्रबन्धक, बीमा समितिका सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । कार्यक्रमको नेतृत्व बीमा समितिका उप-निर्देशक विरोध भट्टले गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*