पछिल्लो २४ घण्टामा १०८९ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

२० भाद्र २०७८, आईतवार १७:१०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ गरी कुल १ हजार ८९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने १ हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*