मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञान संघबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता

२० भाद्र २०७८, आईतवार १६:२९

काठमाडौें । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल विज्ञापन संघ (आन) बीच सहुलियपूर्ण कर्जा प्रवाह गर्न सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले आनका सदस्य संस्थाहरुलाई दुई बर्षका लागि १५ लाख रुपैयासम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ । उक्त सम्झौपत्रमा आनका अध्यक्ष सोमप्रसाद धिताल र बैंकका अध्यक्ष प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।

हाल आनमा डेढसय भन्दा बढि विज्ञापन एजेन्सीहरु सक्रिय रहेका छन्् । कोरोना महामारीका कारण जारी भएको निषेधाज्ञाका कारण समस्यामा रहेका विज्ञापन ब्यवसायीलाई यो सहुलियत कर्जाले उनिहरुको क्षमता अभिवृद्धि गर्नुका साथै आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*