साधना लघुवित्तद्धारा दुई दिने व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु

२० भाद्र २०७८, आईतवार १४:३०

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु गरेको छ । संस्थाले वित्तीय संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि २ दिने उक्त तालिम हिजोदखि गोरखामा संचालन गरेको हो ।

संस्थाकी वरिष्ठ प्रबन्धक सरिता ढकालले अनुगमन अधिकृतहरुको कार्यसम्पादन स्तर, क्षमता, संचालित कार्यक्रमको गुणस्तर मापन तथा कर्मचारीहरुको सिकाईस्तर अभिबृद्धि गरी संस्थागत व्यवसायको प्रबद्र्धन गर्न र प्रभावकारी जोखिम व्यवस्थापनको रणनीतिक योजना तय गर्न उक्त तालिमको आयोजना गरिएको बताएकी छिन् ।

संस्थाले आयोजना गरेको २ दिने कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यतामा र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेको अध्यक्षतामा तालिम सुरु भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले कर्मचारी वित्तीय संस्थाको सम्पत्ति भएकाले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

उक्त तालिम आज र भोली गरी दुई दिनको रहेको संस्थाले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*