सांग्रिला डेभलपमेन्ट बैंकद्धारा घरदैलो खाता खोल्ने अभियान सम्पन्न

२० भाद्र २०७८, आईतवार १४:०६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले स्वास्थ्य मापदण्ड कायम गरि घरदैलो कार्यक्रम गरेको छ । बैंकले घर दैलोे खाता खोल्ने अभियान अन्र्तगत एकसाथ ९६ शाखा कार्यालयमार्फत उक्त कार्यक्रम गरेको हो ।

बैंकले उक्त कार्यक्रममा बैंकिङ कारोबार सम्बन्धी जनचेतना, बिद्युतीय माध्यमद्धारा बैंकिङ कारोबार सिकाउने, बैंकिङ प्रणाली मार्फत आर्थिक कारोबारबारे जानकारी लगायत बैंकिङ सेवा सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरेको हो ।

यसका साथै सहुलियत कर्जा र बैंकिङ सेवाद्धारा हुने फाइदा बेफाइदा बारे जानकारी दिएको समेत बैेंकले जनाएको छ । ग्रामिण क्षेत्रलाई लक्षित गरी गरिएको उक्त अभियानमा बैंकका कर्मचारी र सर्वसाधारणको उल्लेखनीय र उत्साहजनक सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*