बैंक अफ काठमाण्डूले तीजको अवसरमा ल्यायो २५% क्यास ब्याक अफर

२० भाद्र २०७८, आईतवार १३:५३

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तीज र कुशे औशीको अवसरलाई लक्षित गर्दै विषेश योजना सार्वजनिक गरेको छ । बैंकले सो अवसरमा खाना खाजाको अनलाइन अडर गर्दा आफ्ना ग्राहकहरुलाई नगद फिर्ता दिने योजना सार्वजनिक गरेको हो ।

उक्त अवसरलाई लक्षित गर्दै बैंकले फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको हो ।

बैंकका ग्राहकहरुले अनलाईनबाट खाना तथा खाजा खरिद गर्दा बैंकको मोबाईल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५ सय सम्मको नगदफिर्ता पाउनेछन् ।

उक्त योेजनामा सहभागी हुुन अनलाइन अर्डर गरेपश्चात बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ तथा बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड मार्फत अनलाइन कारोबार गर्नुपर्ने हुन्छ । यो नगद फिर्ता योजना भदौं २० गते देखी भदौ २४ गतेसम्म मात्र लागु हुनेछ ।

नगद फिर्ता योजनामा सहभागी भइ कारोबार गरेका ग्राहकहरुले कारोबार गरेको पछिल्लो दिन सम्बन्धीत बैंक खातामा रकम जम्मा गर्न बैंकले जनाएको छ । ग्राहकहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटकसम्म मात्र प्रयोग गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*