जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७४ करोड रुपैयाँ, कुनको कति ? (तथ्याङ्क सहित)

२० भाद्र २०७८, आईतवार १३:०४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो मसान्तसम्मको अवधिमा साढे २ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आर्थिक बर्षको पहिलो महिनामा २ अर्ब ७४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क हेर्ने हो भने प्रथम बीमाशुल्क आर्जनको आधारमा पुराना जीवन बीमा कम्पनीहरुभन्दा नयाँ कम्पनीहरुको आक्रमक रुपमा अघि बढ्दै गएको देखिन्छ ।

बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार पहिलो त्रैमासको अवधिसम्ममा नेपाल लाइफ इन्स्यारेन्स कम्पनी प्रथम बीमाशुल्क आर्जनमा अगाडि रहेको देखिएको छ। कम्पनीले साउन महिनामा ५८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छ ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्म्मा २५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। बीमा समितिको तथ्याङ्क बमोजिम प्रभु लाइफले २३ करोड रुपैयाँ, यूनियन लाइफले १९ करोड रुपैयाँ, यूनियन लाइफले १८ करोड रुपैयाँ, सिटिजन लाइफले १८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १८ करोड रुपैयाँ, आईएमई लाइफले १४ करोड रुपैयाँ, एशियन लाइफले १३ करोड रुपैयाँ, मेट लाइफले १३ करोड रुपैयाँ र सूर्या लाइफले ११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ज्योति लाइफले ११ करोड रुपैयाँ, रिलायन्स लाइफले ९ करोड रुपैयाँ, एलआईसी नेपालले ८ करोड रुपैयाँ, सन नेपाल लाइफले ८ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ६ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ५ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ५ करोड रुपैयाँ, प्राईम लाइफले ५ करोड रुपैयाँ, गुराँस लाइफले ५ करोड र सानिमा लाइफले ५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*