फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव

२० भाद्र २०७८, आईतवार ११:५२

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको शनिबार बिहान ९ बजे बसेको संचालक समितिको १८४ औं बैंठकले चुक्तापूूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चाप आगामी साधारण सभाले पारित गर्नेछ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजी ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाको आधारमा ९ करोड २२ लाख ९६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*